November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

मलाई प्रधानमन्त्रीको रहर छैनः देउवा

२०७७ फाल्गुन २२

4.7K

काठमाडाैं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले आफूलाई प्रधानमन्त्री बन्न कुनै रहर नभएको बताएका छन्। आफू प्रतिपक्षी दलको नेताका रुपमा ‘वेइटिङ प्राइमिनिस्टर’ भए पनि पदको लोभ तथा लालच नभएको देउवाले बताए।

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष तथा कांग्रेसका युवा नेता नैनसिंह महरद्वारा लिखित महाकाण्ड (संसद गठनदेखि विघटनसम्म) को विमोचन गर्दै देउवाले आफूमा प्रधानमन्त्री पदको लोभ नभएको बताएका हुन्।

सत्तारुढ नेकपाको विवादमा आफू पर्न नचाहेको भन्दै देउवाले विपक्षी दलको नेता स्वाभाविक रुपमा भविष्यको प्रधानमन्त्री भए पनि अहिले नेकपाको किचलोम आफू नपर्ने बताए। 

Advertisement