April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नेपाली कामदारको हकहित संरक्षणको बारेमा कुवेतका नेपाली दुतावास र पब्लिक अथोरिटी अफ मेनपावरका प्रतिनिधि बीच भेटघाट सम्पन्न

7.5K

आकाश शेर्पा, कुवेत सम्वाददाता / कुवेतमा रहेका नेपाली कामदारको हकहित संरक्षणको बारेमा नेपाली राजदूतावासका राजदूत  दुर्गाप्रसाद भण्डारी तथा कुवेत सरकार, पब्लिक अथोरिटी अफ मेनपावरका डेप्युटी डाइरेक्टर जनरल डा मुबारक अल-अज्मी बीच पब्लिक अथोरिटी अफ मेनपावरमा १९नोभेम्बर बिहिबारका दिन शिष्टाचार भेटघाट सम्पन्न भएको छ ।
भेटका अवसरमा कुवेतमा रहेका नेपाली कामदारहरूका विषयमा मूलतः नेपाली कामदारहरूको वर्तमान अवस्था, कामदारको प्रवेशाज्ञा नवीकरण, आवास तथा तलब सुविधाको सहज व्यवस्था, कुवेत सरकारद्वारा विदेशी कामदारका लागि सञ्चालित आश्रय स्थलमा सहज पहुँच, रोजगारीको सुरक्षा तथा नेपालीका लागि यहाँको रोजगारीमा अवसर साथै काठमाडौं-कुवेत बीच शीघ्र प्रत्यक्ष उडान सुचारू गर्नुपर्ने लगायतका विषयमा कुराकानी भएको थियो ।
भेटका अवसरमा दूतावासको श्रम सहचारी बिपना ज्ञवाली, सहचारी यसोदा अधिकारी लगायत दूतावासका अन्य कर्मचारीको पनि उपस्थिति थियो । साथै पब्लिक अथोरिटी अफ मेनपावर कुवेतका प्रतिनिधि जाबार अल अलि , नासर अल मासावी लगायतको उपस्थिति रहेको थियो। कोरोना महामारीका कारण कुवेतबाट रोजगार गुमाएर फर्कनेको संख्या पनि धेरै रहेको छ भने नेपाल घर बिदामा गएकाहरु विगत सात महिना देखि आउन पाएका छैनन्। साथै कुवेत सरकारले २०२१ को जनवरी देखि ६० बर्ष उमेर पुगेकालाई कुनै पनि भिसामा अनुमति नदिने भएको छ।  

Advertisement