April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सपना रोका मगरलाई मगर संघ युकेद्वारा रु तीनलाख एक्काइस हजार नगद सहयोग

२०७७ फाल्गुन १९

5.5K

लन्डन। मगर संघ युकेले आज मंगलबार जूम भर्चुअल कार्यक्रम मार्फत बिबिसीको १०० प्रभावशाली महिला २०२० सालमा पर्न सफल नेपाली चेली सपना रोका मगरलाई रु तीन लाख एक्काइस हजार आठ सय सहयोग हस्तान्तरण गरेको छ।

संघका अध्यक्ष सुनिल राना मगरले कार्यक्रमको अध्यक्षता गरेका थिए भने कार्यक्रम संचालन संघका महासचिव रुद्र थापाले गरेका थिए। मगर संघ युकेका नेपाल प्रतिनिधि तथा सल्लाहकार मेजर कृष्ण कुमार आले र संघको नेपाल टिमको सहकार्यमा भएको उक्त कार्यक्रममा सपना रोका मगरलाई सहयोग रकमको चेक र संस्थाको तर्फबाट सम्मान पत्र दिईएको थियो।

मगर संघ युकेका सांस्कृतिक सचिव तथा मिफ्रुंग क्लबका संयोजक सरु राना मगरले शुभकामना मन्तब्य दिएकी थिईन। शुभकामना दिने क्रममा संघका युथ कमिटिका सचिव दिपक थापा (माइथाने) मगरले सहयोग रकम संकलनमा मिफ्रुंग क्लब र युथ क्लबको भूमिका प्रष्ट पारे र सपनालाई शुभकामना दिदैं भविष्यमा पनि कुनै पनि प्रकारको सहयोग गर्न सधैं तत्पर रहेको जानकारी दिएका थिए । युथ कमिटि अध्यक्ष किशोर राना मगरले पनि शुभकामना दिएका थिए।
कार्यक्रम संयोजक तथा सल्लाहकार मेजर कृष्ण कुमार आलेले सम्पूर्ण हस्तान्तरण कार्यक्रमका आयोजक टिमलाई धन्यवाद दिदैं मगर संघ युकेको तर्फबाट चेक र सम्मान पत्र हस्तान्तरण गरेका थिए।

Advertisement

उक्त रकम मध्ये रु एकलाख मगर संघ युके केन्द्रीय कमिटिको तर्फबाट उठेको थियो भने बाकी रु दुईलाख एघार हजार आठसय रकम मिफ्रुंग क्लब र युथ कमिटिको पहलमा उठेको र मेजर कृष्ण कुमार आलेले रु दश हजार गरि उक्त उठेको जम्मा रकम रु तीनलाख एक्काइस हजार आठसय सपना रोका मगरको व्यक्तित्व विकास र उच्च शिक्षाको प्रयोजनका लागि दिईएको जानकारी महासचिव रुद्र थापाले दिएका छन् ।

सपना रोका मगरले मगरसंघ युकेको आर्थिक, भौतिक र नैतिक सहयोग प्रति बिशेष आभार तथा धन्यवाद प्रकट गर्दै भविष्यमा अझ राम्रो काम गर्ने प्रतिबद्धता जनाईन् ।

अन्त्यमा अध्यक्ष सुनिल रानामगरले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिए साथै बिगतमा सपना रोका मगरलाई भएको सोसियल मेडिया थ्रेट र नकारात्मक कुराको मध्यनजर गरि अभिभावकको भूमिका निर्वाह गरेकोमा नेपाल मगर संघलाई आभार प्रकट गरेका थिए। उनले सपना रोकालाई उतरोत्तर प्रगतिको कामना गर्दै कार्यक्रमको अन्त्य गरेका थिए।

आधिकारीक कार्यक्रमको अन्त्य पछि पनि उपस्थित विभिन्न वक्ताहरुले व्यक्तिगत तर्फबाट समेत सपना मगरलाई शुभकामना दिएका थिए।