कुवेत — कुवेतको एक सैलुनमा ब्युटिसियनको रुपमा दुई बर्ष पहिले आएका झन्डै एक दर्जन बढी महिलाहरु बेतलबी काम गर्दै आएका छन भने बस्ने ठाउँ असुरक्षित रहेको र लकडाउन पछि खान खर्च पनि नेपालबाट मगाएका छन ।
नेपालको गल्फ म्यानेज्मेन्ट म्यानपावरबाट जनही १ लाख २० हजार तिरेर आएका ति कामदारहरु कुवेतको मंगाफ भन्ने स्थानमा रहेको सैलुनमा काम गर्न आएका थिए ।
उक्त सैलुनले नेपालबाट आएर सुरुमा २ महिना वेतलवी काम गराएको पिडितहरुले बताए । त्यसपछि तलव दिन थालेपनि दैनिक ८ घन्टा काम गर्नुपर्नेमा दैनिक १२/१३ घन्टा काम गर्दै आइरहेको उनीहरुको भनाइ छ ।
गत मार्चबाट कोरोना भाइरसका कारण कुवेत लकडाउन भएपश्चात कुनै तलव भत्ता केही नदिएकोले उनिहरुले नेपालबाटै पैसा व्यवस्था गरेर खाँदै त्यही सैलुन मर्मत गर्ने कार्यमा निरन्तर काम गरिरहेको र अझै पछिल्लो ४ महिना सैलुन खुलिसकेपछी पनि तलव नपाएको अवस्थामा रहेको छ ।
उनिहरुलाइ बस्नको समेत राम्रो व्यवस्था छैन । पिडितका अनुसार, पुरानो बिल्डिङमा राखिएकोले ढोका फुटाएर मान्छे छिर्न सक्ने खालको भएकोले सुरक्षा महसुस भएको पीडितहरुको भनाई छ् । घर पुरानो भएकोले मुसाले भएभरको सबै कपडा काटेर गुँड बनाएर बच्चा जन्माएको गुनासो छन् भने तलव माग्दा समेत कुटाइ खाएर बस्नुपर्ने उनिहरुले जानकारी दिएका छन् ।
नेपालबाट ब्युटिसियनको रुपमा आएर यहाँ घर भत्काएको ढुङ्गाहरु बोक्नु परेको उनिहरुले बताए । यस बिसयमा नेपाली दूतावासमा जानकारी गराइ उद्दारका लागि निवेदन समेत पेश भैसकेको र कुवेतका विभिन्न सघंसंस्थामा समेत उद्दारका लागि विनम्र अनुरोध गर्दा पनि आफुहरुको उद्दार हुन नसकेकोमा उनिहरुले गुनासो गरेका छन ।