लण्डन – अन्तर्राष्ट्रिय नेपाली शेफ समाजले लण्डनको नमस्ते गोर्खा भोजनालयमा सेलरोटी प्रतियोगिताको आयोजना गरेको छ । यो विश्वभर छरीएर रहेका नेपाली सेफ हरुको एक प्लाटफर्म हो जसमा लगभगः ३,००० हजार नेपाली सेफहरु आवद्ध रहेका छन् । यसले नेपाली सेफको सिप विकास (खासगरी नवयुवा सेफ) र नेपाली खानाको प्रवर्धनका लागि यो प्रतियोगिताको आयोजना गरेको हो ।
प्रगियोगिता जानकारी र यसका अनिवार्य पालना गर्नु पर्ने नियमः
सेलरोटी प्रतियोगिता के हो ?
नेपाली मौलिकता र नेपाली खानाको प्रवद्र्धनका लागि गरिएको सानो कोशिस हो ।
यस प्रतियोगितामा भाग लिन के–के गर्नु पर्ने ?
१. यसमा भाग लिनको लागि अनलाइन मार्फन नाम दर्ता जसमा भाग लिनेको नाम, ठेगाना कनटयाक्ट नम्बर र दर्ता शुल्क £२० बापत दीईको बैंकमा जम्मा गर्नुपर्ने छ ।
Bank: Cashplus Account Name: International Nepalese Chefs Society,
Sort code: 08-71-99 A/C No: 02739256
२. तोकिएको मितिमा आफुले पकाएको ३ पिस सेलरोटि स्वास्थ्य वर्धक पेपर वा पोइथिन ब्यागमा र्याप गरी बाक्लो कार्ड बोर्ड वा पिज्जा बक्समा प्याक गर्नु पर्ने छ र उक्त रोटी पकाउँदा प्रयोग सामाग्रीको नाम लेख्नु पर्ने छ, उक्त मिक्चर बनाएको मिती र रोटी पकाएको मिति पनि लेख्नु पर्ने छ ।
३. उक्त रोटि प्याक गर्नु अगाबै मिनीमंम २ वटा फोटो लिनु पर्ने छ उक्त फोटो अनलाइन मार्फन हामीलाई उपलब्ध गराउनु पर्ने छ । कुनै कारणबस रोटि भाचिन गएमा फोटोलाई बेस मानि मुल्यांकन गरिने छ ।
४. माथि उल्लेखित कुरा भए पछि स्वयम् आफैले तोकिएको मिति र स्थानमा पुर्याउन सकिने छ वा कुनै कुरिअर मार्फत next day delivery गर्नु पर्नेछ ।
Last date of online registration: 19th March 2021.
क–कसले भाग लिन सकिने ?
सम्पूर्ण लण्डनबासी नेपालीहरु जसमा आफ्नो सिप र जागर देखाई पुरस्कार जित्न चाहनेले भाग लिन सकिने छ ।
पुरस्कार के हो ?
बिजेता घोषित एक व्यक्तिले नगद £३५० पाउनु हुनेछ र रनर अफ एक जनाले £१५० प्राप्त गर्नुहुनेछ र उक्त पुरस्कार तपाइको बैंकमा ट्रन्सफर गरिने छ ।
स्थान कहाँ र जज कमिटी को को हुनेछन् ?
प्रतियोगिता मुल्यांकन गर्ने कमिटी पछि प्रकाशित गरिने छ र सम्पूर्ण सहभागिलाई सुचना गरिने छ साथै उक्त दिन सेलरोटी चाख्न र मुल्यांकन प्रक्रिया हेर्न चाहाने लोकल बासिन्दाले सिमित ठाउँको आधारमा सहभागि बन्न पाउनु हुनेछ ।
प्रतियोगिता स्थल: Namaste Gurkha Restaurant, Feltham, London
प्रतियोगिताको सम्पूर्ण अधिकार यसका व्यवस्थापनमा निहित रहने छ ।