लण्डन– गोर्खा सत्याग्रह संघर्ष समितिका निर्देशक ज्ञानराज राईले आगामी जुलाईभित्रमा ब्रिटिश सरकारले गोर्खाहरुसँग वार्ता गर्न चाहेन भने फेरी आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।
७० औं प्रजतन्त्र दिवसको अवसरमा नेपाली जनसम्पर्क समिति बेलायतले जूम मार्फत आयोजना गरेको कार्यक्रममा बोल्दै रार्इले ब्रिटिशलाई बचाउन गार्खाहरुको भूमिका अत्यन्तै महत्वपूर्ण रहेकोले गोर्खाहरुको माग ब्रिटिश सरकारले यथाशिघ्र सम्बोधन गर्नु पर्ने बताए ।
पूर्व गोर्खा समेत रहेका राईले ‘बिभिन्न अभाव र समस्याकाबीच पनि सत्याग्रहलाई यहाँसम्म ल्याइएको छ, जसले गर्दा नेपालको राष्ट्रिय राजनीतिमा सहमति भएको छ । त्यसैले नेपाल सरकारले चाँडो भन्दा चाँडो ब्रिटिश सरकारसँग गोर्खाहरुको माग सम्बोधन गर्न कुटनितिक पहल गर्नु पर्छ,’ ।
कार्यक्रमलाई सम्बोधन गर्दै राईले पूर्व गोर्खाहरु नभएको भए प्रजातन्त्र प्राप्तिमा समय लाग्ने अवस्था भएको स्मण गराउदै नेपाली प्रजातान्त्रिक क्रान्तिका नायक पूर्व गोर्खाहरुलाई राज्यले सधै सम्मान गरिरहनु पर्ने बताए ।