धनुषा– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हजारौं शहीदको बलिदानीबाट प्राप्त प्रजातन्त्र, लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्र गम्भीर खतराबाट सर्वोच्च अदालतको जोगिएको बताउनु भएको छ ।
नेपाली कांग्रेस धनुषाद्वारा प्रदेश २ को राजधानी जनकपुरधाममा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै बरिष्ठ नेता पौडेलले न्यायालयले संबिधान सम्मतढंगबाट दिएको निर्णयले तानाशाह प्रवृतिको अन्त्य भएको बताएउनु भयो ।
साथै उहाँले नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुलाई पार्टी बिधानको दायराभित्र रहेर पूर्ण अनुशासित र सकृयतापूर्वक संगठन विस्तार गर्दै प्राप्त उपलबिधहरुको रक्षा गर्न समेत निर्देशन दिनुभएको छ ।