काठमाडाै–इलेक्ट्रन कार कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकारी (सिइओ) एलन मस्क विश्वकै सर्वाधिक धनीको सूचीबाट बाहिरिएका छन्। यसअघि सूचीको एक नम्बरमा रहेको मस्क दोस्रो स्थानमा पुगेका हुन्।
एक महिना अघि टेस्लाको सेयरमा आएको उछालका कारण सर्वाधिक धनी बनेका मस्कको १ खर्ब डलरभन्दा माथि पुगेको थियो।
तर, सेयरमा गिरावटका कारण मस्क अहिले सूचीको दोस्रो स्थानमा पुगेका हुन्।
मस्कको सम्पत्ति खस्किएसँगै अनलाइन शपिङ प्लेटफार्म ‘अमेजन’का संस्थापक जेफ बेजोस पुनः विश्वको धनी व्यक्ति बनेका छन्।