November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

राष्ट्रपति भेटेर फर्किए ओली, सचिवालय बैठक बस्दै

3K

काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीसँग झण्डै एक घण्टाको भेटवार्तापछि प्रधानमन्त्री केपी ओली बालुवाटार फर्किएका छन्।
 
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओलीले लगातार राष्ट्रपतिसँग भेट गरिरहेका छन्। मंगलबार साँझ पनि उनले राष्ट्रपतिसँग परामर्श गरेका थिए। 

ओली बुधबार १० बजे  शीतल निवास पुगेका थिए। उनी राष्ट्रपति भण्डारीसँगको भेटपछि बिहान ११ बजे बालुवाटार फर्किएका हुन्।

ओलीले मंगलबार राति चिनियाँ राजदूत हाउ यान्छीसँग पनि  भेट गरेका थिए । 

Advertisement

ओली फर्केपछि अब सचिवालय वैठक बस्ने छ। १ बजेलाई बोलाइएको सचिवालय बैठकका लागि उनले मन्त्रिपरिषदको बैठक पनि सारेका छन् । नेकपाको आन्तरिक विवाद उत्कर्षमा रहेको समयमा नेताहरुको दौडधुप बढेको छ।