November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

न्यू ओर्लन्समा अन्धाधुन्ध गोली प्रहार गर्दा तीनजनाको मृत्यु

3K

एजेन्सी – अमेरिकाको न्यू ओर्लन्सको एक स्टोरमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा तीनजनाको ज्यान गएको छ।

घटनामा अरु दुईजना घाइते भएका छन्।

स्थानीय समय अनुसार शनिबार दिउँसो दुई बजेर ५० मिनेट जाँदा मेटाइरिया क्षेत्रमा रहेको जेफर्सन गन आउटलेटमा गोलीकाण्ड भएको हो।

Advertisement

बन्दुकधारीले गोली प्रहार गरेर दुईजनाको हत्या गरेको र ग्राहक तथा स्टाफले जवाफी आक्रमण गर्दा ती बन्दुकधारीको पनि ज्यान गएको प्रहरीले जनाएको छ।

‘तीन जनालाई घटनास्थलमै मृत घोषित गरियो र दुईजनालाई उपचारको लागि स्थानीय अस्पतालमा लगिएको छ,’ शेरिफको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।