November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

के वामदेवको कित्ता परिवर्तन होला ?

२०७७ कार्तिक २८

3.4K

काठमाडौं- नेकपा उपाध्यक्ष वामदेव गौतम पार्टीमा निर्णयक अवस्थामा छन्। पार्टी विवादमा गौतम जतातिर उभिन्छन्, त्यतैको पल्ला भारी हुने गरेको छ। जसले गर्दा पार्टीले महत्त्वपूर्ण र अप्रत्याशित निर्णय लिने गरेको छ।

गौतमले अन्तिममा कित्ता परिवर्तन गरेका कारण अन्तिमसम्म उनी कहाँ उभिन्छन्, त्यो प्रतीक्षाको विषय बन्ने गरेको छ।

ख २० गतेको पार्टी विवादमा गौतमले अन्तिममा लत्तो छोडेका थिए। जसले केपी ओलीलाई राहत, अर्का पुष्पकमल दाहाल ‘प्रचण्ड’ आहत बनाएको थियो। अध्यादेशपछि उत्पन्न विवादले पार्टीभित्र ओली अप्ठ्यारोमा परेका थिए। तर उनले गौतमलाई भावी प्रधानमन्त्रीको पासा फालेका थिए। जसले गर्दा गौतमले विपक्षी समूहको साथ छाडेका थिए।

Advertisement

गौतमले प्रचण्ड-माधव नेपाल कित्ता परिवर्तन गरेपछि ओलीविरुद्धको मार्चाबन्दी कमजोर बनेको थियो। जसले गर्दा ओलीको राजीनामाको माग उठाएर पनि प्रचण्ड-नेपाल पक्ष पछि हटेको थियो।