April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

विप्लवसहित २१ दलीय गठबन्धनले सातै प्रदेशमा प्रदर्शन गर्ने

२०७७ कार्तिक २८

3.1K

काठमाडौं–प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित सत्ता बाहिर रहेका २१ दलीय गठबन्धनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)  सहित उखु किसानको बक्यौतालाई लिएर विरोध प्रदर्शन गर्ने भएका छन्।

गत बिहीबार बसेको गठबन्धनको बैठकले मंसिर ७ गते काठमाडौंको माईतीघरमा प्रदर्शन गर्ने निर्णय गरेको हो।

उनीहरुले एमसिसी खारेज हुनुपर्ने, भारतले अतिक्रमित गरी कब्जा गरेको  कालापानी, लिम्पियाधुरा, लिपुलेक, महेशपुर क्षेत्र फिर्ता गर्नुपर्ने, कोरोना उपचार र परीक्षण निःशुल्क गर्नुपर्ने, तराईका उखु किसानको बक्यौता रकम तुरुन्त दिलाउनुपर्ने माग राख्दै विरोध प्रदर्शन गर्ने भएका हुन्। यी  विषयलाई लिएर गठबन्धनले  सातै प्रदेशका एक÷एक ठाउँमा प्रदर्शन गर्ने निर्णय गरेका हुन्।

Advertisement