November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

भारतको बाणसागर नहरमा बस खस्दा २५ को मृत्यु

2.5K

एजेन्सी – भारतको मध्यप्रदेशमा मंगलबार बिहान ठूलो सडक दुर्घटना भएको छ।

बिहान साढे ७ बजे मध्यप्रदेश रामपुर नैकिन क्षेत्रमा ५४ यात्रु बोकेको बस पुलबाट नहरमा खसेको हो।

सिधीबाट सतना गइरहेको बस साइड लगाउने क्रममा पुलबाट बाणसागर परियोजनाको नहरमा खसेको भारतीय सञ्चारमाध्यम र समाचार संस्थाहरुले जनाएका छन्।

Advertisement

भारतीय समाचार संस्था एएनआइले ७ जना यात्रुहरु पौडिएर सकुशल बाहिर आएको जनाएको छ।

अहिलेसम्म नहरबाट २५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

स्थानीय जनताा, गोताखोर र सुरक्षाकर्मीहरुले अहिले घटनास्थलमा उद्धार गरिरहेका छन्।