November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कोरोनाका कारण पत्रकारिता क्षेत्र धरासायी बन्यो : गगन थापा

3.9K

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले राजनीतिक दलका नेताहरुले जिम्मेवारी पूरा गर्न नसक्दा पत्रकारिता क्षेत्र धरासायी बन्न पुगेको बताउनुभएको छ । लक्की मिडिया हाउसको पाँचौँ वार्षिकोत्सव समारोहको उद्घाटन कार्यक्रममा सोमबार उहाँले कोरोनाको सङ्क्रमणका कारण सञ्चार क्षेत्र धरासायी बनेको बताउनुभयो ।

मिडियालाई सरकार र राजनीतिक दलको सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो । कोरोनाका त्रास अझै बाँकी रहेको भन्दै उहाँले सबै मिलेर अहिलेको स्थितिलाई समाधान गनुपर्ने बताउनुभयो । सो अवसरमा जिल्लाका दुई पत्रकार सूर्यप्रसाद अधिकारी र दिनेश श्रेष्ठलाई सम्मान गरिएको थियो । यसैगरी चिकित्सा विधाअन्तर्गत भरतपुर अस्पतालका मेडिसिन विभाग प्रमुख एवं नेपाल चिकित्सक सङ्घ चितवन शाखाका निवर्तमान अध्यक्ष डा प्रकाश खतिवडा, पुरानो मेडिकल कलेजका वरिष्ठ युरोलोजिष्ट डा सुदीपराज केसी र भरतपुर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा ओमकृष्ण पाठक, भरतपुर महानगर प्याब्सनका उपाध्यक्ष इन्दिरा कार्की, लिटिल फ्लावर स्कूल नारायणगढका प्राचार्य फादर रोवी कु र अर्किड स्कूल भरतपुरका सहप्राचार्य ओमराज मैनाली, नेपाली सिने क्षेत्रकी नायिका आंँचल शर्मा र अभिनेता विपिन कार्कीलाई पनि सम्मान गरिएको थियो ।

खेल विधा अन्तर्गत नवलपुर र चितवनका गरी तीन खेलाडी सम्मानित भएका छन । नवलपरासी–बर्दघाट सुस्तापूर्व जिल्ला फुटबल सङ्घका महासचिव लक्ष्मण कार्की, एएफसी फुटबल सङ्घका प्रशिक्षक कृष्ण कार्की र ए डिभिजनका फुटबल खेलाडी प्रदीप भण्डारीलाई सम्मान गरिएको हो । यस्तै युवा व्यवसायी सुजन ओझा, सफल सर्जिकल हाउसका सञ्चालक अर्जुन रानाभाट र लेक ट्वान्टी थाउजेण्डका प्रबन्धक राजेश शर्मा आचार्य सम्मानित हुनुभएको छ । देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष एवं समाजसेवी टङ्कनाथ पौडेल र विमला पौडेल बस्नेतलाई समेत नगदसहित सम्मान गरिएको थियो । उहाँहरुलाई नेता थापासहित वरिष्ठ कलाकार नीर शाह र लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की लक्कीले सम्मान गर्नुभएको थियो ।

Advertisement

कार्यक्रममा नेपाली कांंग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी, कांग्रेसका युवानेता राजकुमार राजभण्डारी, नेपाल चलचित्र कलाकार सङ्घका महासचिव चेतबहादुर सिंह ‘राजा’ लगायतले बोल्नुभएको थियो । सो अवसरमा साहित्यकार झमक घिमिरेद्वारा लिखित नेपाली कथानक चलचित्र ‘जीवन काँडा कि फूल’ प्रदर्शन गरिएको थियो ।