April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

एक दशकदेखि अलपत्र बधशाला

3.6K

विराटनगर । विराटनगर महानगरपालिकाको निति तथा कार्यक्रममा ५ पटकसम्म समेटिएको पशु बधशालाको निमार्ण कार्यले अझै पुर्णता पाउन सकेको छैन् ।

वि.सं. २०६६ सालबाट विराटनगर–८ स्थित मधुमारामा सुरु भएको बधशालाको निमार्ण कार्य पर्याप्त बजेटको अभावमा अलपत्र परेको हो । खसी तथा बोकाको मासु प्रशोधन गरि उपभोक्तालाई स्वस्थकर र प्रमाणिक मासु आपुर्ति गर्ने लक्ष्यका साथ एक दशकअघि बधशाला निमार्णको कार्य थालिएको थियो । तर एकमुष्ठ बजेटको अभावमा विराटनगर महानगरपालिकाको आधुनिक र व्यवस्थित पशु बधशाला निमार्ण गर्ने योजना अलपत्र परेको हो ।

पटकपटक खुद्रा बजेटको मारमा परेको सो परियोजनालाई प्रदेश सरकार र विराटनगर महानगरपालिकाले आवश्यक बजेट विनियोजन गरि आर्थिक बर्ष २०७६/०७७ बाटै अघि बढाउने तयारी गरेको थियो । सो कार्यका लागी महानगरले २०७६ मंसिर २४ मै प्रथमपटक लागी बोलपत्र आव्हानको सूचना समेत प्रकाशन गरेको थियो । तर त्यतिखेर पनि सो परियोजनाले गति लिन सकेन् । डिपिआर डिजाईनमा देखिएको प्राविधिक त्रुटिका कारण निमार्ण कार्यमा ढिलाई भएको महानगरको भेटेरिनरी शाखा प्रमुख हिरालाल यादवले बताउनुभयो ।

Advertisement

‘प्राविधिक त्रुटिका कारण ढिलाई भएको थियो’, यादवले भन्नुभयो, ‘हेफर ईन्टरनेशनलको प्राविधिक सहयोगमा तयार पारिएको डिपिआर पशु सेवा विभागबाट स्वीकृत भईसकेको छ । अब महानगरको निर्णय बमोजिम चाँडै नै बधशाला निमार्णको कार्यलाई तीव्रता प्रदान गरिनेछ ।’