नेपालका परराष्ट्रमन्त्री साउद र राष्ट्रसङ्घीय उपमहासचिव रोजम्यारी डि कार्लोबीच भेटघाट
लन्डन । नेपालका परराष्ट्रमन्त्री एनपी साउद र राजनीति तथा शान्ति स्थापना मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव रोजम्यारी डि कार्लोबीच भेटघाट भएको छ । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्यूयोर्क पुगेका साउद र कार्लोबीच आइतबार भेट भएको हो । भेटमा दुईबीच विश्व शान्ति र सुरक्षाका बारेमा छलफल भएको राष्ट्रसङ्घका लागि नेपाली नियोगले जनाएको छ । साथै शान्ति...