काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि कतारका राजदूत युसूफ बिन मोहम्मद अल–हइलबीच भेटावार्ता भएको छ । राजदूत अल–हइलले आज प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सो अवसरमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषय छलफल भएको बताइएको छ ।