April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

नेपाललाई पेयरा बन्दरगाह प्रयोग गर्न बंगलादेशकी प्रधानमन्त्रीको प्रस्ताव

1.8K

काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नेपाललाई आफ्नो पेयरा बन्दरगाह प्रयोग गर्न अफर गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सोमबार संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनको साइडलाइनमा भएको भेटवार्तामा हसिनाले सो प्रस्ताव गरेकी हुन् ।

बंगलादेशले नेपालका लागि चल्ना र चातोग्राम बन्दरगाह यसअघि नै खुला गरेको र नेपालले हालै निर्माण सम्पन्न पेयरा बन्दरगाह पनि प्रयोग गर्न सक्ने बताएकी हुन् ।

छलफलका क्रममा प्रधानमन्त्री दाहालले हसिनाको नेतृत्वमा बंगालदेशले हासिल गरिरहेको विकासको प्रशंसा गरेका थिए । उनले नेपालमा जलविद्युत उत्पादनको ठूलो सम्भावना रहेको जिकिर गरेका थिए ।

Advertisement

यस सन्दर्भमा प्रधानमन्त्री हसिनाले नेपालबाट ४० मेगावाट जलविद्युत आयात गर्न भारतसहित भएको त्रिपक्षीय सम्झौता पछि अब थप विद्युत् आयात गर्न कदम अगाडि बढाउने आश्वासन दिएकी थिइन् ।