May 30, 2024, Thursday
२०८१ जेष्ठ १७
1:37:26 pm

राष्ट्रिय खेलकुद सम्मान तथा खेल पत्रकारिता पुरस्कार प्रदान

1.1K

काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले खेलाडीहरुका लागि आवासको व्यवस्थालाई सरकारले प्राथमिकतामा राखेको बताए ।

बुधबार युवा तथा खेलकुद मन्त्रालयमा आयोजित राष्ट्रिय खेलकुद प्रतिभा एवं खेल पत्रकारिता पुरस्कार तथा सम्मान वितरण कार्यक्रममा बोल्दै मन्त्री लिम्बुले उक्त कुरा बताएका हुन् ।

मन्त्री लिम्बुले सरकारले केही समय अघि राष्ट्रिय गौरबको आयोजनाका रुपमा राखेका भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, मुलपानी क्रिकेट मैदान र बिराटनगरको गिरिजाप्रसाद क्रिकेट रंगशालाको निर्माण कार्य चाँडै द्रूत गतिमा अघि बढ्ने पनि जानकारी दिए ।

Advertisement

सोही समारोहमा मन्त्री लिम्बुले खेल पत्रकारहरु हरिप्रसाद कोइराला (कोशी प्रदेश), तिवारी यादव (मधेश प्रदेश), गोविन्दराज नेपाल (बागमती प्रदेश), रोहितराज पराजुली (गण्डकी प्रदेश), रिखिराम जि.सि.(लुम्बिनी प्रदेश), नन्दराम जैशी (कर्णली प्रदेश), नवराज पनेरु (सुदुरपश्चिम प्रदेश) र महिलातर्फ रजनीकुमारी योगीलाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार र धादिङका पत्रकार गोविन्द रेग्मीलाई खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।

खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र खेलकुद पत्रकारिता पुरस्कारको ५० हजार रुपैयाँ रहेको छ ।

यसैगरि राष्ट्रिय खेलकुद सम्मानबाट खेलाडीहरु मेनुका कुमारी राजवंशी (कवड्डी), नविता श्रेष्ठ (टेवल टेनिस), शिव सुन्दर गोथे (टेवल टेनिस), एरिका गुरुङ ( कराँते), शुभश्री श्रेष्ठ (टेवल टेनिस) र पलेशा गोवर्धन (पारा तेक्वान्दो), कवड्डी प्रशिक्षक पार्वती राई, टेबल टेनिसका निर्णायक तेजेन्द्रसिं महरा र फुटबलका फिजियोथेरापिष्ट आविस्कार पुडासैनी जनही नगद १ लाख रुपैयाँ र सम्मानपत्र सहित सम्मानीत भएका थिए ।

मन्त्रालयका सचिव तथा सो कार्यक्रमका अध्यक्ष रविलाल पन्थले सम्पुर्ण सम्मानीत खेलाडी, प्रशिक्षक तथा खेलपत्रकारहरुलाई खादा ओढाएर सम्मान गरेका थिए ।