April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

टी-२० सिरिज: नेपाल हङकङसँग ९ विकेटले पराजित

२०८० कार्तिक ३०

1.4K

काठमाडौं। ट्वान्टी-२० श्रृखंलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल आयोजक टिम हङकङसँग पराजित भएको छ । चार देश सम्मिलित खेलमा लगातार दुई खेल पराजित भएसँगै नेपाल प्रतियोगिताको फाइनल समीकरणबाट बाहिरिएको छ ।

बिहीबार दोस्रो खेलमा नेपाल हङकङसँग ९ विकेटले पराजित भएको हो । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले हङकङलाई जम्मा ५७ रनको लक्ष दिएको थियो । नेपालले दिएको ५७ रनको लक्ष्य हङकङले ९ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको हो ।

अब सिरिजको उपाधि भिडन्त आयोजक हङकङ र तान्जानियाबीच हुनेछ ।

Advertisement

नेपालले भने लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार जापानको सामना गर्नेछ । त्यही दिन समूहको शीर्ष स्थानमा रहने टिमको निर्णयका लागि हङकङ र तान्जानियाबीच खेल हुनेछ । नेपालले आइतबार नै तेस्रो स्थानमा लागि फेरि जापानका लागि खेल्नेछ । आइतबार नै फाइनल रहेको छ ।