काठमाडौं । सावित्रा भण्डारी ‘साम्बा’ले इजरायलमा पहिलो गोल गरेकी छन् । उनी नेपाली राष्ट्रिय महिला फुटबल टिमकी सदस्य हुन् ।
होपएल रानानामा अनुबन्ध भएकी सावित्राले एथेना कपको दोस्रो चरणमा हाडेरा ट्यालेन्ट्स विरुद्धको खेलमा डेब्यु गोल गरेकी हुन् । उक्त खेलमा हापोएल रानाना २–० ले विजयी भएको थियो । हापोएल रानानाका लागि अर्को गोल एडी गुल्डेनले गरिन् ।
सावित्रा इजरायली लिगमा अनुबन्ध भएर खेल्ने पहिलो नेपाली महिला खेलाडी समेत हुन् ।
एसियन राष्ट्र भए पनि युइएफएमा आबद्ध भएर लिग राष्ट्रिय टिम र क्लब फुटबल खेल्ने भएकाले सावित्राले युरोपियन फुटबलको स्वाद समेत लिन पाउनेछिन् ।