April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बेलायतमा ‘मिडल्याण्ड क्रिकेट लिग–२०२३’ सुरु हुँदै

1.4K

लण्डन । बेलायतमा मिडल्याण्डका युवा पुस्ताहरुलाई ‘ब्याटिङ र बलिङ’को लागि मैदानमा आह्वान गर्दै ‘मिडल्याण्ड क्रिकेट लिग’को चौथो संस्करण खेल सुरु हुन लागेको छ । खेल आगामी मे ७ गते बाट सुरु हुने छ ।

मिडल्याण्डवासी नेपालीहरू र युकेमा रहने सम्पूर्ण नेपालीहरूका लागि आकर्षक बन्ने यस करीब ४ महिनासम्म संचालन हुने आयोजकले जनाएको छ । लिगमा अहिलेसम्म नटिङघम, बर्मिङ्हम, लेस्टर, र पिटरब्रो गरी ५ समूहले समूह दर्ता गरिसकेका छन् भने खेलको तातिकासमेत सार्वजनिक गरिएको छ ।

यसअघि–२०२२ को लिग विजेता गोर्खा टाइगर्स लेस्ट्रर भएका थिए भने उपविजेता नोटीइघंम समाजबाट संचालित नटिङघम गोर्खा क्रिकेट समूह र तेस्रो शान्ति नेपाली समाजबाट संचालित समूह भएका थिए । जसमा प्रथम हुने समूहले १५ सय डलर, दोस्रोले, ७ सय डलर र तेस्रो हुने समूहले ३ सय डलर नगद पुरस्कार प्राप्त गरेका थिए । २०२३ को पुरस्कार राशी दोब्बर हुने नटिङघम समूहका पूर्व कप्तान तथा नटिङघम समाजका निःवर्तमान अध्यक्ष दीपक सापकोटाले जानकारी दिए ।

Advertisement

कार्यक्रमलाई अहिलेसम्म गोल्डन एभरेष्ट कम्पनीले मुख्य प्रायोजन गरिरहेकोमा यस वर्षको प्रमुख प्रायोजक ‘अबतार रेस्टुरेन्ट ग्रूप’ रहेको छ । पूर्व क्याप्टेन दिपक सापकोटाले खेलाडीहरुको हौसला अझ बढाउन सहयोग गर्न चाहनेले सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।

यस खेललाई बेलायतका लागि नेपालका राजदुत डा. दुर्गा बहादुर सुवेदीले ६ अप्रिल २०१९ बाट एक विशेष समारोहको आयोजना गरी सुरवात गरेका हुन् ।