April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

दमकमा भोलिदेखि दुई दिवसीय ब्याटमिन्टन प्रतियोगिता हुँदै

1.9K

दमक । झापाको दमकमा भोलि शुक्रबारबाट दुई दिवसीय बी डिभिजन र सुपर भेट्रान ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । दमक १ स्थित तिलुङछा चाम्लिङ राई कबर्ड हलमा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक तिलुङछा चाम्लिङ कबर्ड हलले जनाएको हो ।

प्रतियोगिताको विजेता टोलीले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन भने उपविजेताले नगद ८ हजार र तेस्रो हुने टोलीले ४ हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगितामा दमक नगरपालिका सहित छिमेकी उर्लाबारी र गौरादह नगरपालिका, कमल गाउँपालिका, मिक्लाजुङ गाउँपालिका र चुलाचुली गाउँपालिकाका खेलाडीहरुले सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ ।

Advertisement

त्यस्तै प्रतियोगिता अन्तर्गत सुपर भेट्रानका विजेताको लागि पनि विशेष पुरस्कार राखिएको आयोजक संस्थाका कविध्वज राईले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुन २ हजार प्रवेश शुल्क तोकिएको छ ।

सिनियर खेलाडीहरु सुदेन राई, प्रकाश राई, विसन राई, अनुप अधिकरी, जुनुन राई लगायत अतिथिको रुपमा सहभागिता रहने साथै हरप्रहर न्युज डटकम र समदर्शी सञ्चार मिडिया सहयात्री रहने छन् ।

प्रतियोगितालाई दोमुखा पाली घर, ए.एम.सी. नवीन ताम्राकार (सिनियर एजेन्सी मेनेजर, नेपाल लाइफ इन्स्योरेन्स), ओएसिस होस्टेल दमक, कर्नरस्टोन फाउण्डेसन दमक, च्वास्स झोल ममले प्रायोजन गरेका छन् ।

त्यसैगरी कञ्चनजंघा फर्मा प्रा.लि.दमक, लर्नियम एजुकेसन कन्सल्टेन्सी प्रा.लि.दमक, बृज एजुकेसन फाउण्डेसन दमक, ह्वाइट पेपर डिजिटल सोलुसन दमक, किरात लिम्बू थिन्दोलुङ खोयाहाङ उत्थान संघ, पाथिभरा कुलिनेरी आर्ट एकेडेमी दमक, फुजीसान एकेडेमी कन्सल्टेन्सी प्रा.लि. दमक, ए.एन. स्पोर्ट्स जोन दमक, थ्रीस्टार जब सोलुसन एण्ड ट्रेनिङ सेन्टर दमक र कञ्चन प्रिन्टिङ सोलुसन दमकले प्रयोजन गरेका छन् ।

प्रतियोगिता शुक्रबार र शनिबार बिहान ७ बजेदेखि सुरु हुने बताइएको छ ।

हरप्रहर न्युज डटकमको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण हुनेछ ।