April 25, 2026, Saturday
२०८३ बैशाख १२
1:37:26 pm

क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । तर उनलाई विदेश जान रोक लगाएको छ ।

न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।

उनका अनुसार अदालतले धरौटीमा छाड्न आदेश दिए पनि लामिछानेलाई विदेश जान रोक लगाइएको छ । एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

Advertisement

उक्त मुद्दामा पूर्पक्षको सुनुवाइ गर्दै जिल्लाले थुनामा पठाएपछि त्यसलाई चुनौती दिँदै लामिछानेले उच्च अदालत पाटनमा मंसिर २९ गते निवेदन दिएका थिए। उच्चको यो आदेशपछि लामिछाने बिहीबार नै तोकिएको धरौटी बुझाएर रिहा हुने तयारीमा छन्।