–प्रकाश दिप्साली राई
नडाहा । प्याब्सन सुनसरीको जिल्ला स्तरीय लोकनृत्य प्रतियोगितामा स्काइ इङ्लिस स्कुल, बराहक्षेत्र –३ नडाहा उपविजेताको उपाधीसहित घर फर्केको छ ।
आइतबार इटहरीको लायन्स क्लब इटहरीको सभाहलमा सम्पन्न विद्यालय जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता–२०७९ सम्पन्न सो प्रतियोगितामा आरम्भ विद्या मन्दिर झुम्काले प्रथम स्थान हासिल गर्यो । उप विजेता स्काई गत वर्षको विजेता पनि हो । यस्तै सो प्रतियोगितामा लिटल फ्लावर ई. स्कुल इटहरी, क्रीष्टल एकेडमी, इटहरी क्रमशः तेस्रो र सान्त्वना बन्न सफल भयो ।
प्याब्सन प्रदेश नं. १ का अध्यक्ष श्री टीकाराम ढकालको प्रमुख आतिथ्यमा सम्पन्न सो प्रतियोगितामा सुनसरी जिल्लाका विभिन्न पालिकाबाट छनौट भई आएका जम्मा १२ ओटा स्कुलबीच प्रतिष्पर्धा भएको थियो । विशिष्ट अतिथि शिक्षा, युवा तथा खेलकुद महाशाखा इटहरीका प्रमुख दोर्ण दाहाल रहेका थिए ।
प्याब्सन सुनसरीका अध्यक्ष अनुप योन्जनको सभाध्यक्षमा सम्पन्न सो कार्यक्रमलाई प्याब्सन सुनसरीका उपाध्यक्ष बिजय कोयु राईले सन्चालन गरेका थिए ।