April 30, 2024, Tuesday
२०८१ बैशाख १८
1:37:26 pm

३० वर्षपछि दर्शकलाई उभिने अनुमति

२०७८ कार्तिक २३

5.5K

काठमाडौं । इंग्ल्यान्डमा ३० वर्षपछि पहिलो पटक इंग्लीस प्रिमियर लिगको खेलमा दर्शकहरुलाई उभिन अनुमति दिने भएको छ । चेल्सी र भिलरपुलबीच जनवरी २ मा हुने खेलमा दर्शकहरुलाई उभिने अनुमति दिइने सोमबार घोषणा गरिएको हो ।

सन् १९८९ अघि इंग्ल्यान्डमा मुख्य छतमा उभिनु फुटबल खेलको मुख्य विशेषता थियो । तर सन् १९८९ मा हिल्सबोरो मैदानमा लिभरपुलका ९७ जना समर्थकको कुल्चिएर मृत्यु हुने गरी भएको दुर्घटनापछि दर्शकहरुलाई उभिन रोक लगाइएको थियो ।

त्यसपछि शीर्ष डिभिजनका क्लबहरुलाई सबै सिट भएको मैदानमा खेल खेलाउनुपर्ने निर्देशन जारी भएको थियो । देशको सबैभन्दा दुखद घटना भएको ३० वर्षपछि फेरी दर्शकहरुलाई उभिने अनुमति दिइने भएको छ ।

Advertisement

म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी, टोटेनहम र च्याम्पियनशिप खेल्ने कार्डिफले उभिनका लागि सुरक्षित रहेको परिक्षण स्वीकृतका लागि आवेदन दिएका थिए ।

सोमबार राती एक विज्ञप्तीमार्फत चेल्सीले मैदान उभिनका लागि सुरक्षित रहेको लाईसेन्स जनवरी १ तारिखबाट लागू हुने गरी प्राप्त गरेको जनाएको थियो ।

चेल्सीका अनुसार खेल मैदान सुरक्षा प्राधिकरण र खेलकुद मन्त्रीले यसको अनुमोदन गरेको हो ।