March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

वनमा लागेको डढेलो निभाउने क्रममा जलेर एकजनाको मृत्यु

1.3K

काठमाडौं । ललितपुरको गोदावरीस्थित बडिखेल वनमा लागेको डढेलो निभाउने क्रममा मंगलबार घाइते भएका तीनमध्ये एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डढेलोमा जलेर स्थानीय शंकर पहारीको मृत्यु भएको हो ।

जलेर गम्भीर घाइते भएका उनलाई कीर्तिपुर बर्न अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही डढेलो निभाउने क्रममा जलेर अरू दुईजना घाइते छन् । जसमध्ये कीर्तिपुर बर्न अस्पतालमै एकजनाको उपचार जारी छ भने राष्ट्रिय ट्रमा सेन्टरमा अर्का एक घाइतेको उपचार भइरहेको छ ।

Advertisement