April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

युरोकप : स्वीडेनलाई पराजित गर्दै युक्रेन क्वाटरफाइनलमा

1.9K

काठमाडौं– युक्रेन जारी युरोकपको क्वाटरफाइनलमा  प्रवेश गरेका छ। मंगलबार राति सम्पन्न प्रिक्वाटरफाइनलको खेलमा स्वीडेनलाई २–१ गोलले हराउँदै युक्रेन क्वाटरफाइनलमा प्रवेश गरेको हो। 

स्कटल्याण्डस्थित ह्याम्पडेन पार्कमा सम्पन्न खेलको २७औं मिनेटमा ओलेक्स्यान्डर जिन्छेन्कोको गोलमा युक्रेनले अग्रता बनाएको थियो। 

उसको यो अग्रता लामो समय टिक्न सकेन खेलको ४३औं मिनेटमा स्वीडेनका लागि इमिल फोर्सबर्गले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि दुबै टिमले गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा लम्बियो।

Advertisement

खेलको ९९ औं मिनेटमा मार्कस ड्यानिएलसन रेड कार्ड खाँदै बाहिरिएसँगै स्वीडेन १० खेलाडीमा समेटियो। खेलको अतिरिक्त समयको अन्त्यमा अर्टेम डोभबाएकले गोल गर्दै युक्रेनको जित सुनिश्चित गरे।

जितसँगै युक्रेनले क्वाटरफाइनलमा इंग्ल्याण्डको सामना गर्नेछ। इंग्ल्याण्डले गएराति सम्पन्न खेलमा जर्मनीमाथि २–० को जित निकालेको थियो।