April 20, 2026, Monday
२०८३ बैशाख ७
1:37:26 pm

पंगेन्हाङ वंशावली पुस्तक दोस्रो संस्करण सार्वजनिक

नरेन्द्र 'संयम'
२०८१ मंसिर ४

3.1K

मेन्छ्यायेम । पंगेन्हाङ वंशावली पुस्तक दोस्रो संस्करण सार्वजनिक गरिएको छ। तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका -६ स्थित कुलुङ समाजको सभाहलमा पंङगेन्हाङ लिम्बू वंशावली पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको हो।

सयौ लिम्बू थरहरूभित्र पर्ने एक थर पंगेन्हाङपनि हो। पंगेन्हाङ थर लिम्बू समुदाय भित्रको थोरै जनसंख्या भएको थरमा पर्दछ। २०५१ शालमा मणिशंकर सिरेङको संकलनमा साधारण पंगेन्हाङ वंशावली पुस्तक प्रकाशित भएको थियोे। हाल २०८१ मा दोस्रो संस्करण प्रकाशन गरेको वंशावली पुस्तक सम्पादक काजीमान पंगेन्हाङ बताउछन्।

शिक्षक काजीमान पंगेन्हाङको लेखन तथा सम्पादनमा प्रकाशित उक्त पुस्तक सह- लेखन तथा संकलन जगत पंगेन्हाङ,खिर बहादुर पंगेन्हाङ र सुर्य बहादुर पंगेन्हाङले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको विमोचन समारोहका आयोजक व्यवस्थापक जगत पंगेन्हाङले बताए।

Advertisement

उक्त पुस्तकको पृष्ठ संख्या कम रहेपनि ऐतिहासिक पुस्तकको रूपमा प्रकाशन गर्न सफल भएको प्रकाशन समितिका अध्यक्ष लाख बहादुर पंगेन्हाङ बताउछन्।

कार्यक्रम पंगेन्हाङ समाजका अध्यक्ष लाख बहादुर पंगेन्हाङको अध्यक्ष तथा मेन्छ्यायेम गाउँपालिकाका अध्यक्ष यादव बहादुर खापुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।