विराटनगर । किराँत राई यायोख्खा महानगर समितिको अध्यक्षमा विष्णु राई चयन भएका छन् । सनिवार सम्पन्न भएको ८औँ अधिवेशनले राईको अध्यक्षतामा ११ सदस्यीय महानगर समिति चयन गरेको हो ।
कमिटीको वरिष्ठ उपाध्यक्षमा प्रताप राई, उपाध्यक्षमा कुन्ता राई, सचिवमा दशरथ रुम्दाली राई, कोषाध्यक्षमा दानबाहादुर राई र सहकोषाध्क्षमा रामकुमार राई चयन भएका छन् ।
उपाध्यक्षमा चयन भएकी कुन्ता राई यसअघि नगर कमिटीमा सचिव थिइन् ।
यस्तै समितिको सदस्यमा जयकला राई, पथ्थरसिंह राई , सविता राई, राधा राई, मैया राई, राजीवर राई, जसबहादुर राई, सागर राई, शिवकुमार राई, बर्मराज राई, खड्ग राई र किशोर राई चयन भएका छन् ।