इलाम । राष्ट्रिय वन पैदावर व्यवसायी संघ इलामको १४ औं साधारणसभा तथा ८ औं महाधिवेशन सम्पन्न भएको छ ।
इलाम क्षेत्र नम्बर १ का संघीय संसद माननीय महेश बस्नेतको प्रमुख आथित्यतामा सम्पन्न भएको महाधिवेशनले रोहित खड्काको अध्यषतामा नयाँ समितिको निर्वाचित गरेको छ ।
समितिको बरिष्ठ उपाध्यक्ष बुद्दकुमार राई, उपाध्यक्षहरू देवेन्द्र सुनुवार, प्रेम गुरुङ, महासचिव अरुण बराल, सचिव दिनेश खनाल, प्रकाश राई, कोषाध्यक्ष ज्ञानबहादुर खत्री छन् ।
त्यसैगरी सदस्यहरूमा नेत्र बराल, राजेन्द्र निरौला, कृत बहादुर लिम्बू, डाकप्रसात भट्टराई, देउकुमार कटुवाल, चन्द्रकुमार कटुवाल, लक्ष्मी गुरुङ, श्रीप्रसाद राई, सन्तोष गिरि, कमलबहादुर कार्की, सबिमान राई (सुदिप) छन् ।