April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

आइतबार बिहानको भूकम्पबाट धादिङमा ६ घर क्षतिग्रस्त

935

काठमाडौँ । आइतबार बिहानको भूकम्पबाट धादिङमा ६ वटा घर क्षतिग्रस्त बनेको समाचार प्राप्त भएको छ ।

आइतबार साँझसम्मको अद्यावधिक विवरणअनुसार १८ वटा घरमा आंशिक क्षति पुगेको समाचार प्राप्त भएको हो ।

भूकम्पले ज्वालामुखी गाउँपालिका—५ को सिम्ले, भाङे, कालिमाटीलगायतका ठाउँका घरहरूमा क्षति पु¥याएको छ भने ज्वालामुखी—७ को रामपुरबेंसीमा पनि क्षति पुगेको छ ।

Advertisement

त्यस्तै, ज्वालामुखी—१ को तल्लोमझुवा, पिपलटार, माझीटार आदि ठाउँमा २०७२ वैशाख १२ को भूकम्प अगाडिकै संरचनामा क्षति पुगेको छ ।

भूकम्पबाट प्रभावित ठाउँ बूढीगण्डकी परियोजनाको डुबान क्षेत्र पर्छ । त्यहाँका अधिकांश घरहरूले मुआब्जा लिइसकेको अवस्था पनि छ । मुआब्जा लिएका धेरैले पुरानै संरचना नै भोगचलन गर्दैआएको र नयाँ बनाइ नसकेको अवस्था छ । अहिले तत्कालका लागि गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, रेडक्रस सोसाइटीले अस्थायी बसोबासको प्रबन्ध गरेका भएको छ भने दीर्घकालका लागि कसरी प्रबन्ध गर्ने भनेर छलफलमै रहेको स्थानीयले बताएका छन् ।

धादिङ, ज्वालामुखी—५ खरी केन्द्र गरेर आइतबार बिहान ७ः३९ बजे ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि बिहान ८ः८ मा ४.२, ८ः२८ मा ४.३ र ८ः५९ मा ४.१ म्याग्निच्युडको परकम्प गएको थियो ।

अपराह्न ४ः०३ बजे ४.४ र साँझ ५ः३१ र ५ः३३ मा क्रमशः ५.० र ५.१ म्याग्निच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।