April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

काठमाडौमा तिगेलाहरू संगठीत

1.4K

काठमाडौँ । उपत्यकामा बसोबास गर्ने लिम्बू जातिको एक थर तिगेला खेवाहरू संगठीत भएका छन् ।

शनिबार काठमाडौं जोरपाटी नारायणटार जुम क्याफेमा तिगेला खेवाहरूलाई सामाजिक, सांस्कृतिक लगायत अरु विभिन्न पक्षहरूमा सहयोग पुगोस् भन्ने उद्देश्यले भेला भएको लेखक खड्ग तिगेलाले जानकारी दिएका छन् ।

तिगेला खेवाहाङ समितिको नामबाट स्थापना भएको संस्थामा अध्यक्ष जीतबहादुर तिगेला, उपाध्यक्ष शनि बेघा तिगेला, सचिव प्रेम कुमार तिगेला, कोषाध्यक्ष सीता तिगेला छन् ।

Advertisement

सदस्यहरूमा कल्याण तिगेला, तारा तिगेला, बिपना तिगेला, पुष्पा दिवानी तिगेला र रोशन तिगेला चयन भएका छन् ।

तेह्रथुमको छथर ओख्रेस्थीत उत्पती थलो मानिएको तिगेलाहरू धनकुटाको छथर जोरपाटीमा पनि रहेका छन् ।