April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सुनसरीमा किरात राई पत्रकार संघको १६ औ स्थापना दिवस

1.2K

धरान । किरात राई पत्रकार संघ, सुनसरीको आयोजनामा धरानमा संघको स्थापना दिवस ‘शुभकामना आदान प्रदान तथा पुरस्कार वितरण’ कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

कार्यक्रममा नगद ५ हजार राशीको ‘चन्द्रकला राई स्मृति पत्रकारिता सम्मान’बाट एनटीभी इटहरीकी समाचार प्रस्तोता, कार्यक्रम निर्माता प्रमिला राईलाई सम्मानित गरियो भने नगद ४ हजार राशीको ‘विद्या कुमारी राई स्मृति सृजनशिल पत्रकारिता पुरस्कार’बाट हिमाली सञ्चार डटकमका सम्पादक सञ्जिव कोयु राईलाई पुरस्कृत गरिएको थियो ।

किरात राई पत्रकार संघ सुनसरीका अध्यक्ष बसन्त बान्तावाको सभापतित्व तथा संघका केन्द्रीय उपाध्यक्ष बिशाल राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रम धरान–१०, यलम्बर स्मृति संग्रहालय भवनमा सम्पन्न भएको थियो ।

Advertisement