November 28, 2023, Tuesday
२०८० मंसिर १३
1:37:26 pm

ताप्लेजुङको भानु माविको वृहत भेलाद्वारा समिति गठन

3.5K

काठमाण्डौं । अनामनगर स्थित तमु बौद्ध सेवा समितिको सभाहलमा ताप्लेजुङको भानु माविका पूर्व विद्यार्थीहरूको वृहत भेला भएको छ । शनिबार भएको भेलाले इन्जिनीयर मेघेन्द्र कुमार श्रेष्ठको संयोजकत्वमा भानु पूर्व विध्यार्थी (आल्मुनाई) समिति भनेर २१ सदस्य तदर्थ समिति गठन गरेको छ ।

उक्त समितिमा सदस्यहरू हाल काठमाण्डौंवाट टंक श्रेष्ठ, पूर्व प्रअ विमला सुब्बा, पूर्वप्रअ तुलाराम गुरुङ, लेखनाथ गौतम, शुशील अधिकारी, पासाङ लामा, रमेश वराल, सागर लम्साल, सुदेश सिवा, ई महेन्द्र पराजुली, खड्क बहादुर कार्की, पूर्व प्रधानपञ्च ध्रुव नारायण श्रेष्ठ, प्राज्ञ माधव प्रधान, डेलमान गुरुङ, चन्द्र मादेन आन्छन, सुनसरीवाट लक्ष्मी मादेन, वासुदेव गौतम, ताप्लेजुङवाट केशव दाहाल, दिलीप श्रेष्ठ र अस्ट्रेलियाबाट राम कडरिया रहेका छन् ।

नवगठित तदर्थ समितिले आगामी दिनमा आगामी दिनमा समाजको नयाँ विधान, हिरक महोत्सव, भानु स्मारिका, नयाँ साधारण र आजीवन सदस्य विस्तार गर्ने, देश विदेशमा रहेको पूर्व विद्यार्थीलाई समेटेर लाने, रचनात्मक सामाजिक कार्य गर्ने, दुःख सुख बाँड्ने आदि योजना र उद्देश्य रहेको छ । समितिले डेलमान गुरुङ, तुलराम गुरुङ र ई. महेन्द्र पराजुली तीनजनालाई विधान मस्यौदा तयारीको जिम्मा दिएको छ । वि.सं. २०२१ सालमा एसएलसी दिएका पुराना विद्यार्थीदेखि लिएर २०४८ साल सम्मकालाई समेटिएको यो समितिमा आगामी दिनमा भानुका पूर्व विद्यार्थीहरू सबैलाई आवद्ध हुन समितिले अनुरोध गरेको छ ।

Advertisement

तत्कालीन भानु जन मावि राणा शासनकै बेला वि.सं. २००६ सालमै हर्कजङ मादेनको अध्यक्षतामा स्थापना भएको थियो भने गोरखप्यारा श्रेष्ठ, एनडी सर आदिजस्ता माहिर र उम्दा गुरुहरूको मिहिनेत र उत्पादनले राष्ट्रका मन्त्री, सभासद, साहित्यकार, डाक्टर, इन्जिनीयर, अधिकृत, उद्योगपति, पत्रकार, वकिल आदि अनगिन्ति व्यक्तित्वहरू जन्माए । हाल उक्त भानु माध्यमिक विद्यालय उच्च मा.वि.मा स्तरउन्नति भएको छ भने पढाई र खेलकुदमा निजी विध्यालयसँग प्रतिस्पर्धा गर्न सकेकोले भर्नामा सधैं अचाक्ली चाप बढेकोले वर्षेनी कोटा फूल हुने गरेको छ ।

संयौको संख्यामा सो भेलामा देशका पूर्व सचिव, पूर्व जर्नेल, कर्णेल, डाक्टर, इन्जिनियर आदि विज्ञ व्यक्तित्वहरूको उपस्थित रहेको थियो ।