September 25, 2023, Monday
२०८० आश्विन ८
1:37:26 pm

मेचीनगरमा चुम्लुङ् ३५ औं स्थापना दिवसको सप्ताहव्यापी कार्यक्रम

530

झापा । किरात याक्थुङ् चुम्लुङको ३५ औं स्थापना दिवसको सप्ताहव्यापी कार्यक्रमको तेस्रो दिन मंगलवार झापाको मेचीनगरमा भएको छ ।

भदौ १० गतेदेखि १७ गतेसम्म दिवस मनाइने चुम्लुङको सप्ताहव्यापी कार्यक्रमको तेस्रो दिन मेचीनगरस्थित चुम्लुङ्हमिमा विविध कार्यक्रमकाबिच सम्पन्न भएको हो ।

किरात याक्थुङ् चुम्लुङको ३५ औं स्थापना दिवस भदौ १७ गतेलाई केन्द्रविन्दू मानी तय गरिएको सप्ताहव्यापी कार्यक्रमको टुर मुकाम मेचीनगर सामुदायिक चुम्लुङ्हिममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ् संघीय यपाध्यक्ष डा. कमल तिगेलाले याक्थुङको हालसम्मको गतिविधि र संस्थागत विकासका कुरा राखेका थिए । त्यसैगरी प्रदेशको नाम कोशी खारेजीको आन्दोलन आदिवासी जनजातिहरु्रले उठाइरहनु पर्ने मूल कारणको वारेमा विश्वमा भएको घटनाक्रम प्रस्तुत गर्दै प्रदेशको नाम कोशी खारेजी र पुनः नामकरणको आन्दोलनलार्य तार्किक निष्कर्षमा पुर्याउनको लागि सबै एक भए्र अघि बढ्नुपर्ने बताए । मन्तव्यकै तिगेलाले क्रममा हालसालै धरानमा चर्केको गोरु काटी आएको विषयलाई खोतल्दै त्यो अहिले झ्वाट्टै देखिएको आन्दोलन नभई २०६२ सालदेखि उठेको सांस्कृतिक आन्दोलन हो भन्ने कुरा बुझाउनु सबैलाई आग्रह गरेका थिए ।

Advertisement

६२ सालमा एक धार्मिक समूहले साउन महिनामा मासु खानु हुँदैन भन्ने धार्मिक जोडलाई दिलाञ्जली दिँदै सांस्कृति बिद्रोहीहरुले सो काम गरेको देखिन्छ ।

विशिष्ट अतिथि चन्द्रकला सुब्बाले मन्तव्य राख्दै राजनैतिक, धार्मिक र सांस्कृतिक पक्षमा हामी आफै अग्रसर हुनुपर्छ, आफूले हरेका पक्षमा संस्थागत विकास गरेर जानको निमित्त जुनसुकै तह–तप्का र वर्गका मानिसहरु मिलेर नै बस्नसपर्ने कुरामा जोड दिएकी थिइन् ।

सप्ताहव्यापी कार्यक्रमको टुर मुकाम मेचीनगरमा जिल्ला सल्लाहकार तथा कियाचु पूर्व अध्यक्ष भरत आङ्देम्बे, कियाचु मेचीनगर शाखाका पूर्व अध्यक्षद्वय हर्क फियाक, दिलीप आङ्देम्बे लगायत वभिन्न संघ–संस्थाका महानुभावहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सप्ताहव्यापी कार्यक्रमको टुर मुकाम मेचीनगरमा आयोजित कार्यक्रममा किरात याक्थुङ् चुम्लुङ् वडा न.ं १३ को वडा समितिलाई १ कट्ठा २ धुर जग्गा प्रदान गर्ने, खविन थेबे, पूर्व अध्यक्षद्वय हर्क फियाक र दीलीप आङ्देम्बेलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा मेमचीनगरका ४ वटा केलाःङ् समूहलार्ई प्रतियोगी बनाएर आगामी भदौ १६ गते विर्तामोडमा आयोजित केलाःङ् प्रतियोगिताको लागि छनौट गरिएका छन् । जसअनुसार मेचीनगर १० को के लाःङ् टिम छनौट भएको मूल्यङ्कनकर्ता भूमिका सुब्बाले बताइन ।

किरात याक्थुङ् चुम्लुङु ३५ औं दिवस समारोह झापा संयोजक सेसेहाङ् फियाक लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काियचु मेचीनगर अयक्ष धनप्साद केरुङ्ले स्वागत मन्तव्य राख्नुभएको थियो भने मेचीनगर सचिव मिना इजम र सहसचिव राजेन्द्र इधिङ्गोले कार्यक्र सञ्चालन गरेका थिए ।

अध्यन्तै सौहार्दपुर्ण रुपमा सम्पन्न कार्यक्रममा गायिका गंगा फियाक र याक्थुङ् स्टारका फाइनालिष्ट दिलीप माखिमले लिम्बू भाषाका पालाम र गीत गाएका थिए ।