April 11, 2026, Saturday
२०८२ चैत्र २८
1:37:26 pm

पूर्वसचिव उपाध्यायलाई पक्राउ गर्न ज्ञापनपत्र

2.6K

चितवन । भरतपुर–१६, शरणपुरकी पूर्णिमाया गुरूङलाई सामाजिक सञ्जालमार्फत ‘गोरू खाने धराने’ भनेर प्रचार गरेपछि पूर्णिमायाको व्यक्तिगत चरित्र हत्या भएको भन्दै चितवनबाट तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् र तमू प्ये ल्हु संघले संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएका छन् ।

ज्ञापनपत्रमा चरित्र हत्या गर्ने पूर्वसचिव भीम उपाध्यायलाई पक्राउ गरी कारवाहीको माग गरेका छन् ।

mostbet

उक्त घटनामा दोषी भनिएका नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय र फेसबुकमा कैलाली ठेगाना भएका सन्तोष रिजाल भन्ने व्यक्तिलाई छिटोभन्दा छिटो नियन्त्रण गरी कानुनी उपचारमा ध्यान दिन ज्ञापनपत्रमा आग्रह गरिएको छ । सत्यतथ्य नबुझी व्यक्तिगत मानहानि हुने गरी सामाजिक सञ्जालबाट दुष्प्रचार गरेको हुँदा कानुनमा उल्लेख भएको बुँदाअनुसार हदैसम्मको कारवाही गर्न पूर्णिमायाले माग गरेकी हुन् ।

Advertisement

चितवन प्रहरीमा उपाध्याय र रिजालविरूद्ध गत बिहीबार नै उजुरी परिसकेको छ । तर, यतिका समयसम्म पनि प्रहरीले नियन्त्रणमा नलिएपछि प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराइएको हो ।

धरानमा गोरु खाएको विषयले सामाजिक सञ्जाल तताएपछि साढे दुई वर्षअघि पूर्णिमायाले टिकटकमा राखेको भिडियोलाई फोटो बनाएर सन्तोष रिजाल र भीम उपाध्यायले सामाजिक सञ्जालको दुरूपयोग गरेर निर्दोष व्यक्तिको चरित्रहत्या गरेको तमू प्ये ल्हु संघ चितवनको ठम्याई छ ।

भीम उपाध्यायले सामाजिक सञ्जालमा राखेको हप्ता दिनसम्म त्यो तस्बिरको वास्तविकता धरानको गोरुसँग जोडिएको विषय होइन भनेर पटकपटक आग्रह गर्दा पनि फेसबुकबाट उक्त पोष्ट नहटाएपछि बाध्य भएर प्रहरीमा जानु परेको पीडित पूर्णिमाया गुरुङले जानकारी दिएकी छिन् ।