झापा । किरात याक्थुङ् चुम्लुङ्को ३५ औं स्थापना दिवसको सप्ताहव्यापी कार्यक्रम आइतबार शुभारम्भ भएको छ ।
भदौ १० गतेदेखि १७ गतेसम्म दिवस मनाइने चुम्लुङको सप्ताहव्यापी कार्यक्रम दमकस्थित किरात भवनमा एक कार्यक्रमकाबिच शुभारम्भ समारोहका प्रमुख अतिथि चुम्लुङ् जिल्ला सल्लाहकार, समाजसेवी तथा चुम्लुङ् पूर्व केन्द्रीय उपाध्यक्ष धिरेन लावतीले शुभारम्भ गरेका हुन् ।
किरात याक्थुङ् चुम्लुङको ३५ औं स्थापना दिवस भदौ १७ गतेलाई केन्द्रविन्दू मानी तय गरिएको सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि लावती, अतिथि राष्ट्रिय चुम्लुङ् सदस्य गुमानसिं सम्बाहाङ्फे, लिम्बुवान प्रदेश सदस्य बिक्रम वनेम फागो, नेपाल पत्रकार महासंघ झापाकी पूर्व उपाध्यक्ष तथा चुम्लुङ पूर्व सदस्य गंंंगासागर राई सेर्मा, पूर्व जिल्ला सदस्य नरेन हाङ् लिम्बू, कमल गाउँ शाखा अध्यक्ष दिवस लिम्बू लगायतले शुभकामना व्यक्त गर्नुहुँदै सप्ताहव्यापी कार्यक्रम भव्य र सभ्य रुपले सम्पन्न हुन सकोस् भनि शुभकामना दिएका थिए ।
समारोह झापा संयोजक सेसेहाङ् फियाक लिम्बूको सभापतित्वमा सम्पन्न शुभारम्भ समारोहमा कियाचु दमक नगर शाखा अध्यक्ष देवेन्द्र चेम्जोङ्ले स्वागत मन्तव्य राखेका थिए भने चुम्लुङ् दमक नगर सचिव सुखबहादुर सदेम्बाले कार्यक्रम सञ्चालन गरेका थिए ।
सप्ताहव्यापी कार्यक्रमको कार्यतालिका अनुसार भदौ ११ गते गौरादह नगर पालिका वडा न.ं ५ स्थित बालुबथान शनिश्चरे बजारमा शुभ–कामना आदा प्रदान कार्यक्रम आयोजना हुने भएको छ ।