November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

बिहीबार प्रदेश १ मा सार्वजनिक बिदा

२०७९ कार्तिक २३

2.4K

विराटनगर । प्रदेश १ सरकारले बिहीबार प्रदेश १ मा सार्वजनिक बिदा दिएको छ । प्रदेशका वन, वातावरण तथा भू संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा प्रदेश सरकारले एक दिन शोक बिदा दिने भएको हो ।

गत असोज २४ गतेदेखि निमोनिया र डेंगीको उपचार गराइरहेका थापाको बुधबार बिहान विराटनगरको नोबेल मेडिकल कलेजमा विराटनगरमा निधन भएको थियो ।

प्रदेश सरकारले बिहीबार एक दिन झण्डा आधा झुकाउने पनि निर्णय गरेको प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव प्रदेश सचिव अर्जुन निरौलाले बताए । थापा ४ मंसिरमा हुने मोरङ क्षेत्र ३ को प्रदेशसभा ‘१’ बाट नेपाली कांग्रेसको उम्मेदवार थिए ।

Advertisement