November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

साहित्यकार बस्न्यातको अमेरिकामा निधन

2.5K

काठमाडौं : साहित्यकार ओमवीरसिंह बस्न्यातको ८० वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि हृदय रोगबाट पीडित उनको गत शुक्रबार संयुक्त राज्य अमेरिकाको कोलोराडोमा निधन भएको हो।

उनका राष्ट्र निर्माता पृथ्वीनारायण शाह, आदिकवि भानुभक्त, युवक कवि मोतिराम, राष्ट्रकवि माधव घिमिरे, सगरमाथा आरोही प्रथम नेपाली महिला पासाङ ल्हामु, रारा ताललगायत विषयमा महाकाव्य, खण्डकाव्यका साथै अन्य उपन्यास, कथा, कविता, गीत आदि गरी करिब डेढ दर्जन कृति प्रकाशित छन्।

साहित्यिक पुरस्कार ‘बाबा–ओमवीरसिंह साहित्यिक पुरस्कारका संस्थापक कवि बस्न्यात आफू स्वयम् पनि विभिन्न साहित्यिक पुरस्कार र सम्मानबाट सम्मानित थिए। लामो समय निजामती स्वास्थ्य सेवामा कार्यरत वरिष्ठ जनस्वास्थ्य अधिकृत बस्न्यातले २०१९/२० सालदेखि केही वर्ष हुम्लामा स्वास्थ्य सेवा गरेका थिए।

Advertisement

उनको कोलोराडोमै सनातन हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको परिवारबाट जानकारी प्राप्त भएको छ। काठमाडौं कालिमाटी निवासी स्व बस्न्यातका पत्नी, तीन छोरा र तीन छोरी छन्।