डोटी । डोटीमा केन्द्रबिन्दु बनाएर मध्यराति शक्तिशाली भूकम्प गएको छ । डोटीको खप्तड राष्ट्रिय निकुन्ज आसपासलाई केन्द्रविन्दु बनाएर बुधबार बिहान २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।
भुकम्पबाट घर भत्किएर ६ पूर्वी चौकी गाउँपालिका–३ का ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहराको मृत्यु भएको डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भोलाप्रसाद भट्टले जानकारी दिए ।
४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र बोहराकै घरमा सुतेकी स्थानीय महाविर बोहराकी १७ वर्षीया छोरी धनसरीको पनि घरमा पुरिएर मृत्यु भएको छ । उनीहरु ६ जनाकै शव निकालिएको छ । सोही वडाका अन्य पाँचजना घाइते भएका छन् ।
मंगलबार बेलुकादेखि डोटीमा तीनपटक भूकम्पको धक्का महसुस भएको थियो ।