March 12, 2025, Wednesday
२०८१ फाल्गुन २९
1:37:26 pm

झापामा निर्वाचन तयारी तिव्र

9.5K

झापा: सरकारले आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति तोकेसँगै जिल्ला निर्वाचन कार्यालय झापाले मतदाता नामावली अद्यावधिक गर्न झापाका १५ वटै स्थानिय तहमा १/१ जना सहायक नाम दर्ता अधिकारी नियुक्त गरि १ दिने पशिक्षण दिएर सबै स्थानियतहमा पठाएको छ ।

माघ १५ गते देखि २१ गते सम्म प्रत्येक स्थानियतहहरुमा मतदाता नामावली टांस गरिने र उक्त विवरणमा त्रुटि भए सच्यांउन जिल्ला निर्वाचन कार्यालय झापाले मतदाताहरुलाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले जिल्लाका विभिन्न मतदान स्थल र मतदान केन्द्रको अवलोकन गरि बृद्धि भएका मतदाताहरुलाई पायक पर्ने गरि ३ वटा मतदान स्थल थप गर्न निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

निर्वाचन का लागी आगामी माघ १५ गते देखि २१ गते सम्म झापाका १५ वटै स्थानियतहहरुमा मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम संचालन गरिने जिल्ला निर्वाचन अधिकारी तुलसीकुमार नेपालले बताउनुभयो ।।

Advertisement