January 14, 2025, Tuesday
२०८१ माघ १
1:37:26 pm

राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा र्‍याली कार्यक्रम

890

विराटनगर । खोटाङमा २६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०८० सम्बन्धि र्‍याली कार्यक्रम सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाहको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

गोरखनाथ गण, मुडे व्यारेकका सेनानी,जिल्ला प्रहरी कार्यालय खोटाङका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक, शसस्त्र प्रहरी बल नम्बर ७ हलेसी गुल्म खोटाङका स.प्र.ना.उ., नेपाल रेडक्रस सोसाईटी दिक्तेल खोटाङका मन्त्री र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान ९ बजेको समयमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट भुकम्पबाट बच्ने सुरक्षा उपायसम्बन्धि जनचेतनामूलक जिङ्गल बजाई र्‍याली सुरु गरी रत्नपार्क हुदै पुनः जिल्ला प्रहरी कार्यालय खोटाङमा पुगेर कार्यक्रमको समापन गरिएको हो।

Advertisement