सुनसरी । सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका- ४ स्थित पुर्व पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सोमवार दिउँसो पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको वा. ६६ प ४१९२ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउदै गरेको प्रदेश १-०२-०५ प ३४३२ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालकमध्ये ३४३२ का चालक बिरेन्द्र कुमार साहको उपचारको क्रममा जिल्ला अस्पताल ईनरुवामा मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते भएका अर्का मोटरसाईकल चालक २६ बर्षीय भईसन तामाङ र पछाडी सवार २३ बर्षीय विल्सन राईको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।