May 30, 2024, Thursday
२०८१ जेष्ठ १७
1:37:26 pm

हायसको ठक्करबाट साईकल यात्रीको मृत्यु

635

उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका- ८ मदन भण्डारी राजमार्ग स्थितमा हायसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बुधबार साँझ ७ बजे पुर्बबाट पश्चिमतर्फ जाँदै गरेको प्र. १-०५-००१ ज ००३५ नम्बरको हायसले बिपरित दिशाबाट आँउदै गरेको साइकल यात्री रौतामाई गाउँपालिका- ७ का ३८ बर्षीय तुलसी मङरातीलाई ठक्कर दिई दुर्घटना हुँदा घाईते भएका साईकल यात्रीको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो।

ठक्कर दिने हायस चालक त्रियुगा नगरपालिका- १० का ४५ बर्षीय किश्वर पाण्डेलाई हायस सहित नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Advertisement