April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

७७औं पूर्व क्षेत्र प्रहरी तालिम केन्द्र रानी विराटनगरको ३०औं बार्षिक उत्सव सम्पन्न

3.6K

दमक । प्रहरी जवान ७७ औं समूह पूर्व क्षेत्र प्रहरी तालिम केन्द्र रानी विराटनगरको ३०औं बार्षिक उत्सव तथा पुनरमिलन कार्यक्रम सम्पन्न भएको छ । कमल गाउँपालिका वडा नम्बर ६ स्थित होटल स्मायल फनपार्क झापामा मंगलबार भव्य रुपमा कार्यक्रम सम्पन्न गरिएको हो ।

२०५० साल मंसिर २७ गते प्रहरी जवान पदमा नियुक्ति लिएर पूर्व क्षत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगरमा प्रवेश भएको दिनलाई आधारमानी ७७ औं समूहले उक्त समूहका १, २ ३ र ४ नम्बरका व्याजीहरुको उपस्थितिमा जागिरको ३०औं बार्षिक उत्सव सम्पन्न गरेको जनाइएको छ।

पूर्व प्रहरी नामव उपरीक्षक विनोद निरौला प्रमुख अतिथि रहेको उक्त कार्यक्रमको अध्यक्षता ७७औं समूहका हेमबहादुर लिङ्गदेनले गरेका थिए । सोही समूहका टिका प्रसाद उप्रेतीले संचालन गरेको कार्यक्रमको औचित्य तथा सान्दर्भिकता कार्यक्रमका उपाध्यक्ष सूर्य कुमार रिजालले प्रष्ट पार्नुका साथै व्याजीहरुलाई खादा र अविरले स्वागत गरेका थिए ।

Advertisement

राष्ट्रिय गानसँगै सुरु भएको कार्यक्रममा उक्त ७७औं समूहका वीरगती प्राप्त गर्ने तथा कालगतीले मृत्युवरण गर्ने १६ जना मृतक व्याजीहरुको आत्माको चिरशान्तिको कामना गर्दै १ मिनेट मौनधारण गरी ३०औं बार्षिक गाँठको केक प्रमुख अतिथिको बाहुलीबाट काट्न लगाई शुभकामना आदानप्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा ४७ जना व्याजीहरुको उपस्थिति रहेको थियो । २०५ जना जवान पदमा दर्ता भएका उक्त समूहका १९६ जना दिक्षान्त भएका थिए ।

३० बर्षको लामो अवधिको सेवा प्रदान गरी सकेको समूहले आफ्नो व्याजबाट पहिला प्रहरी निरीक्षक राजन कोइराला, गंगाबहादुर राई र देवराज शर्मा लम्साललाई प्रमुख अतिथिबाट नेपाली ढाका टोपीले सम्मान गरिएको थियो भने कार्यक्रम सञ्चालन गर्ने महत्वपूर्ण कार्य गरेवापत सूर्य कुमार रिजाललाई मायाको चिनो र उत्तम कुमार पाण्डेलाई ढाका टोपीले सम्मान गरिएको थियो । वक्ताहरू क्रममा राजन कोइराला, गंगाबहादुर राईले आफ्नो भनाईहरु राखेका थिए भने देवराज शर्मा र दलबहादुर खत्रीले पनि आफ्ना कुरा प्रष्ट पारेका थिए ।

कार्यक्रमको अन्त्यमा सिराहा घर भएका सोही समूहका व्याजी राजकुमार कामती प्यारालाईसिस भई ओछ्यानमा रहेकाले उपस्थित सम्पूर्ण व्याजीहरूबाट नगद रू २३ हजार रकम संकलन गरी हस्तान्तरण गर्ने काम भइरहेको बताइएको छ ।