विराटनगर । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले लत्ताकपडा तथा स्टेसनरी सामान वितरण गरेको छ । संघले मंगलबार मोरङको बिराटनगर महानगरपालिका-१२ दरैयास्थित सम्पन्न बस्तीमा अवस्थित ६० घरधुरीमा बसोबास गर्दै आएका बिपन्न वर्गहरुलाई लत्ता कपडा तथा स्टेसनरी सामान वितरण गरेको हो ।
प्रत्येक घरका एक सदस्यलाई जाडो मौसममा लगाउने न्यानो कपडा लगायत बालबालिकाहरुलाई कपडा सेट, स्टेशनसरी सामान बितरण गरिएको हो ।
उक्त कार्यक्रम नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष अजिता देवकोटा बास्तोलालगायत संघका पदाधिकारीहरू, वडा प्रहरी कार्यालयकका प्रहरी निरिक्षक रन्जन बराल तथा प्रहरी कर्मचारीहरुको उपस्थितमा सम्पन्न भएको थियो।
