विराटनगर । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियु ताप्लेजुङका सह–संयोजक विवेक बानियाँमाथि खुकुरी प्रहार भएको छ । उनीमाथि सदरमुकाम फुङलिङको आफ्नै निवास अगाडि सोमबार बिहान खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट उनको खुट्टामा गम्भीर चोट लागेका उनको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ ।
कोशी प्रदेशका सांसद तिलकुमार मेन्याङ्बोका स्वकीय सचिवसमेत रहेका उनलाई फुङलिङ नगरपालिका–४ का प्रेमराज लिम्बूले खुकुरी हानेका हुन । पुरानै लेनदेनको केसमा उनले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहार गर्ने व्यक्ति भागिसकेको र चारैतिर खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।