विराटनगर । पहिचान पक्षधरले एमाले सचिव एवं प्रतिनिधिसभाका सांसद योगेश भट्टराई सवार गाडी तोडफोड गरेका छन्। ताप्लेजुङबाट काठमाडौं फर्कने क्रममा बसपार्क नजिकै उनी आक्रमणमा परेका हुन् ।
स्रोतका अनुसार सात/आठ जनाको समूहमा रहेका पहिचान पक्षधरहरूले भट्टराई सवार गाडीमा ढुंगा र लाठी हान्दा उनी सवार गाडीको अगाडिको भागमा लागेको हो ।
भट्टराईको गाडीलाई सशस्त्र र नेपाल प्रहरीको स्कर्टिङमा लगिएको थियो । आक्रमणबाट सिसाहरु छरपस्ट भए पनि मान्छे भने कोही घाइते नभएको एक प्रत्यक्षदर्शीले बताए ।