December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

कोशी प्रदेशमा सरकार विस्तारमा ढिलाई

२०८० कार्तिक १६

530

विराटनगर । नेकपा एमालेको समर्थनमा कांग्रेसभित्र विद्रोह गर्दै कोशी प्रदेशको मुख्यमन्त्री बनेका केदार कार्कीले सरकार विस्तारमा ढिलाइ गरेका छन् ।

एमालेलाई सरकारबाट बाहिर राख्नुपर्ने पार्टीको केन्द्रीय नेतृत्वको दबाब र गठबन्धन दललाई सरकारमा सहभागी गराए बाहिरिने एमालेको चेतावनीका कारण मुख्यमन्त्रीले ढिलाइ गरेको बुझिएको छ । कार्की सर्वदलीय सरकारका लागि सहमत गराउने प्रयासमा छन् ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार एमालेका ३९ र कांग्रेसको शेखर कोइराला समूहका ८ सांसदको समर्थनमा २७ असोजमा मुख्यमन्त्री नियुक्त कार्कीले २८ असोजमा कांग्रेसबाट एक र एमालेबाट एक जना मन्त्री नियुक्त गरेका थिए । उनले मन्त्रीहरुलाई जिम्मेवारी दिएका छैनन् र मन्त्रिपरिषद विस्तार पनि गर्न सकेका छैनन् ।

Advertisement

नेकपा एमालेले कांग्रेस–एमालेको मात्रै सरकार विस्तारका लागि दबाब दिइरहेको छ । तर मुख्यमन्त्री कार्की सत्तारुढ गठबन्धनलाई बाहिर राखेर अघि बढ्न नसक्ने अवस्थामा छन् ।